काठमाडौं— नेपाली बजारमा आज साताको कारोबारको अन्तिम दिन सुनको मूल्य ५०० रुपैयाँले घटेको छ ।

आज छापावाला सुनको मूल्य ५०० ले घटेर ३ लाख १४ हजार ९ सय रुंपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुनको मूल्य ३ लाख १५ हजार ४ सय रुंपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य १५ रुपैयाँले बढेर तोलामा ५ हजार ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार चाँदीका मूल्य तोलामा ५ हजार ७ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।