काठमाडौं— नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य ढेको छ ।

आज छापावाला सुनको मूल्य ३ लाख १४ हजार ८ सय रुंपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार पनि सुनको मूल्य ३ लाख १४ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य १३० रुपैयाँले बढेको छ । आज चाँदीका मूल्य तोलामा ५ हजार ७ सय १५ रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदी प्रतितोला ५ हजार ५ सय ८५ रुपैयाँ कायम भएको थियो ।