काठमाडौं— नेपाली बजारमा आईतबार सुनको मूल्यमा भारी गिरावट आएको छ । सुनको मूल्य आज प्रतितोला १८ हजार ८०० रुपैयाँले घटेर ३ लाख रुपैयाँ निर्धाण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि गत बिहीबार सुनको मूल्य हाल सम्मकै सबैभन्दा उच्च ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १५६५ रुपैयाँले घटेर ५५०० रुपैयाँ निर्धारण गरिएको छ ।