काठमाडौं— साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बिहिबार नेप्से परिसूचक १७.५३ अंकले घटेर २७१४.०५ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३२० कम्पनीको ३ करोड ५४ लाख ७७ हजार ९३९ कित्ता सेयर खरिद बिक्री हुँदा रू. १४ अर्ब ५६ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार ङादी ग्रुप पावर लिमिटेडको भएको छ । यस कम्पनीको ५९ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यता, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।