काठमाडौं— नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।
आज छापावाल सुनको मूल्य २० हजार ५०० रुपैयाँले बढेर तोलामा तीन लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा तीन लाख १८ हजार ८०० सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै ,चाँदीको मूल्य पनि तोलामा २०५ रुपैयाँले बढेर ७ हजार ५ सय ५ रुपैयाँमा कारोबार भैइरहेको छ । बुधबार ७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।






































