झापा— नेपाली कांग्रेस झापाको मातहत रहेको सहकारी विभाग जिल्लास्तरीय सहकारीकर्मीहरूको भेलाबाट विस्तार गरिएको छ।

विभागका संयोजक दुर्गाप्रसाद सापकोटाको अध्यक्षता तथा नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले विभागको कार्यसमिति र सल्लाहकार चयन गर्दै संगठन विस्तार गरेको हो।

भेलाबाट विभागको सहसंयोजकमा लवकुमार चौधरी चयन भएका छन् भने सचिवमा राजेन्द्रप्रसाद रिजाल र सहसचिवमा रोशन विष्ट चयन भएका छन्।

यसैगरी, सदस्यहरूमा गोपालप्रसाद चुडाल, भक्तबहादुर तामाङ, मित्र खनाल, गंगाप्रसाद प्रसाई, भगिरथ राई, खगेन्द्रराज बजगाई, पद्मा भटराई, कर्मा शेर्पा, उर्मिला गौतम, पोषक दर्जी, पम्फा विश्वकर्मा, शेरबहादुर श्रेष्ठ, रविचन्द्र राई र विश्वेश्वर बजगाई (विपिन) चयन भएका छन्।

भेलाले विभागको सल्लाहकारमा चन्द्राकुमारी खड्का भट्टराई, गोविन्द पौडेल, युवराज गिरी, भुपाल बस्नेत, देविका निरौला बस्नेत र जयनारायण शाहलाई चयन गरेको संयोजक दुर्गाप्रसाद सापकोटाले जानकारी दिए।

कार्यक्रममा सहभागीहरूले सहकारी क्षेत्रको सुधार, सुशासन र सहकारी अभियानलाई मजबुत बनाउने विषयमा समेत छलफल गरेका थिए।