काठमाडौं— सुनचाँदीको मूल्य बढेको छ । केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आए पनि आज बढेको हो ।

आज छापावाल सुन प्रतितोला २ लाख ६२ हजार ५०० र चाँदीको मूल्य चार हजार ५२५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० र चाँदीको मूल्य चार हजार ४१५ कायम भएको थियो ।