काठमाडौं— नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। बुधबार सुन प्रतितोला दुई लाख ६८ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो। उक्त मूल्य हालसम्मकै उच्च हो।
आज सुन प्रतितोला दुई लाख ६७ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यावसायीले जनाएको छ।
बुधबारको तुलनामा बिहीबार सुन प्रतितोला ६ सय रूपैयाँ घटेको हो।यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ।
बुधबार तोलामा चार हजार चार सय २० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार चार हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार चार सय ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ।






































