काठमाडौं— नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।
आज सुन प्रतितोला ९०० रुपैयाँ र चाँदी तोलामा १६५ रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।
सुनको मूल्य बुधबार तोलामा २ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य हालसम्मकै उच्च भएको महासंघले प्रकाशित गरेको मूल्यसूचीमा उल्लेख छ ।
यसअघि मंगलबार छापावाल सुन तोलामा २ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा ४ हजार २५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा ४ हजार ४२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।






































