काठमाडौं— नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको हो ।
बिहीबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि बुधबार छापावाल प्रतितोला २ लाख ५९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।






































