काठमाडौं— नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बुधबार सुन ७ सय रुपैयाँले बढेको हो ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ५९ हजारमा कारोबार भइरहेको सुन आज बढेर प्रतितोला २ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै चाँदीको मूल्य आज ७ सय २४ रुपैयाँले बढेको छ । जसले गर्दा आज चाँदी प्रतितोला ४ हजार ५५ रुपैयाँमा कारोबार भईरहेको छ ।






































