काठमाडौं— नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सोमबार सुन १ हजार ९ सय रुपैयाँले घटेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार २ लाख ४४ हजार ६ सयमा कारोबार भइरहेको सुन आज २ लाख ४२ हजार ७ सयमा कारोबार भइरहेको छ । 

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा २० रूपैयाँले घटेर चाँदी ३ हजार १ सय १५ रूपैयाँमा कारोबार भइरहेकोे छ ।