सुत्नु आराम गर्ने सबैभन्दा सजिलो तरिका हो । सुत्दा धेरै प्रकारका रोगहरूबाट बच्न सकिन्छ, त्यसैले महिला र पुरुष दुवैका लागि निद्रा धेरै आवश्यक हुन्छ । पुरुष र महिलाहरूको निद्राको आवश्यकता फरक–फरक हुन्छ । साथै महिला र पुरुषको सुत्ने ढाँचा पनि फरक–फरक हुन्छ ।

महिला र पुरुषको सुत्ने ढाँचा के हो ?

पुरुष र महिलाको शरीरमा निद्राको लागि एक प्रकारको जैविक घडी हुन्छ, जसले बिहान समयमा उठ्न र रातमा समयमा सुत्न मद्दत गर्छ । दिमागमा रहेको हाइपोथ्यालमस ग्रन्थीले सर्केडियन रिदमलाई नियन्त्रण गर्छ । सर्केडियन रिदमका कारण निद्रा ल्याउन मेलाटोनिन हर्मोन निस्कन्छ, जसले हामीलाई सुत्ने समय भएपछि निद्रा लाग्न थाल्छ । सुत्ने र उठ्ने यो प्रक्रियालाई नै महिला र पुरुषको सुत्ने ढाँचाको रूपमा चिनिन्छ ।

अनुसन्धानले के भन्छ ?

एउटा अनुसन्धानमा सर्केडियन रिदमको अध्ययन गर्न १६ जना महिला र पुरुषहरूमाथि अनुसन्धान गरिएको थियो । अध्ययनमा सहभागीहरू १८ देखि ३२ वर्ष बीचका थिए । यो अनुसन्धानमा उनीहरूको शरीरको तापक्रम र मेलाटोनिनको स्तरलाई समावेश गरिएको थियो । एक महिनापछि अनुसन्धानमा यो कुरा पत्ता लाग्यो सर्केडियन रिदमका कारण महिला र पुरुषको सुत्ने ढाँचा फरक–फरक हुन्छ ।

महिलाहरूको सर्केडियन घडी पुरुषहरूको तुलनामा छिटो सेट हुन्छ । त्यसैले साँझमा महिलालाई छिटो निद्रा लाग्छ । सर्केडियन चक्र पुरुषका तुलनामा महिलामा छोटो हुन्छ । महिलाहरूको सर्केडियन चक्र पुरुषहरूको तुलनामा ६ मिनेट कम हुन्छ, जसले गर्दा महिलाहरू छिटो सुत्न चाहन्छन् र छिटो उठ्छन् ।

महिला र पुरुषको सुत्ने ढाँचासम्बन्धी अर्को अनुसन्धानले सर्केडियन चक्रका कारण महिलाहरू पुरुषहरूको तुलनामा राम्रो निद्रा पाउँछन् ।

महिला र पुरुषको सुत्ने ढाँचामा भिन्नता के ?

माथि उल्लेखित अनुसन्धानले प्रमाणित गरेअनुसार महिला र पुरुषको सुत्ने ढाँचामा भिन्नता हुन्छ । यो सुत्ने ढाँचाले नै पुरुष र महिलाहरूमा निद्राको भिन्नताको कारण बनाउँछ ।

महिला साँझमा छिटो थाक्छन्

पुरुषहरूको तुलनामा महिलाहरूको सर्केडियन चक्र ६ मिनेट छोटो हुन्छ । त्यसैले जब साँझ पर्छ र अँध्यारो हुन थाल्छ, महिलाहरूको सर्केडियन चक्रका कारण मेलाटोनिन हर्मोन निस्कन थाल्छ, जसले गर्दा उनीहरू साँझमा छिटो थकान महसुस गर्छन् । साथै, महिलाहरूलाई पुरुषहरूको तुलनामा रातमा २ घण्टा छिटो ओछ्यानमा जान मन लाग्छ।

महिलाहरू र पुरुषहरूको सुत्ने ढाँचामा भिन्नताको कारण सर्केडियन रिदम हो, जसले पुरुषहरूलाई ढिलो निद्रा ल्याउँछ । रातमा महिलाहरू ओछ्यानमा गएपछि छिटो सुत्छन्, जबकि पुरुषहरूलाई सुत्न केही मेहनत गर्नुपर्छ र उनीहरूलाई छिटो निद्रा लाग्दैन ।

महिलाको तुलनामा पुरुष राम्रोसँग सुत्छन्

पुरुषहरूले महिलाहरूको तुलनामा ढिलो सुत्न सक्छन्, तर यसको मतलब यो होइन कि उनीहरू राम्रोसँग सुत्न सक्दैनन् । महिलाहरूको शरीरले सुत्ने बेला स्लीप सिग्नललाई पुरुषहरूको जस्तो प्रभावकारी रूपमा रिलिज गर्दैन । साथै, महिलाहरूको तुलनामा पुरुषहरू व्यवस्थित रूपमा सुत्छन् ।

धेरैजसो महिला आलर्म बज्नुअघि नै उठ्छन्

महिला र पुरुषको सर्केडियन रिदम फरक भए पनि महिलाहरू छिटो उठ्छन् । सर्केडियन रिदमबाहेक अर्को प्रणाली, जसलाई होमियोस्टेसिस भनिन्छ, महिलाहरूको सुत्ने ढाँचालाई परिवर्तन गर्छ, जसले गर्दा उनीहरू अलार्म बज्नुअघि नै उठ्छन् । एक अनुसन्धानमा धेरै महिलाहरूले अलार्मअघि निद्रा खुल्नुको कारण आफ्ना पार्टनरको घुर्ने बानीलाई पनि मानेका छन् ।

पुरुषले देख्छन् धेरै सपना 

सुत्ने बेला सपना देख्नु राम्रो संकेत हो । जब हामी गहिरो निद्रामा हुन्छौं, तब सपना देख्छौं, जसलाई रेम स्लीप भनिन्छ । सुत्ने बेला सबैको शरीर रिल्याक्स हुन्छ । यस्तो बेला शरीरको तापक्रम कम हुन्छ, जुन मेलाटोनिन हर्मोन निस्कने कारणले हुन्छ । सर्केडियन चक्र आधा पूरा भएपछि सपना देख्न थालिन्छ । त्यसैले महिलाहरूको तुलनामा पुरुषहरूलाई धेरै सपना आउँछ । यसको एउटा कारण महिलाहरूको महिनावारी चक्र पनि हो, जसले गर्दा उनीहरू कम सपना देख्छन् ।

महिलाको खुट्टा सुत्ने बेला धेरै चिसो

पुरुषहरूको तुलनामा महिलाहरूको हात र खुट्टामा रक्तसञ्चार गर्ने नसहरू धेरै संवेदनशील हुन्छन् । त्यसैले जब शरीरको तापक्रम कम हुन्छ, यो सर्केडियन चक्रकै कारण हुन्छ । यो समयमा रक्तसञ्चार ढिलो हुन्छ, जसले गर्दा शरीरको तापक्रम घट्छ । महिलाहरूको खुट्टा चिसो हुनुको कारण रक्तसञ्चारको ढिलाइ हो ।

महिलालाई चाहिन्छ धेरै निद्रा चाहिन्छ

महिलालाई र पुरुषको सुत्ने ढाँचा फरक हुनुको कारणले महिलाहरूलाई पुरुषहरूभन्दा धेरै निद्रा चाहिन्छ । यसको कारण महिलाहरूको मानसिक कार्य हो । पुरुषहरूको दिमागले कुनै पनि काम गर्न एक हिस्सा मात्र प्रयोग गर्छ, जबकि महिलाहरूको दिमागले काम गर्न दुवै हिस्सा प्रयोग गर्छ । यही कारणले महिलाहरू पुरुषहरूको तुलनामा मल्टिटास्कर हुन्छन् । मानसिक रूपमा धेरै मेहनत गर्नुपर्ने भएकाले महिलाहरूलाई पुरुषहरूको तुलनामा २० मिनेट बढी निद्रा चाहिन्छ ।

सुत्ने ढाँचा सुधार गर्न के गर्ने ?

महिला र पुरुषको सुत्ने ढाँचा पूरा गर्न दुवैलाई करिब ८ घण्टाको निद्रा आवश्यक छ । कहिलेकाहीं घरको कामको कारणले महिलाहरूले सुत्ने समयलाई छोट्याउनुपर्ने हुन्छ ।यस कारण उनीहरू ढिलो ओछ्यानमा जान्छन् र छिटो सुत्दैनन् । महिलाहरूले आफ्नो दिनचर्यामा परिवर्तन गर्नुपर्छ र सुत्ने ढाँचालाई परिवर्तन गर्नुहुँदैन ।

राम्रो निद्राका लागि महिला र पुरुष दुवैले स्वस्थ खानपान र जीवनशैली अपनाउनुपर्छ । रातमा चाँडो सुत्नुपर्छ र बिहान समयमा उठ्नुपर्छ । त्यसैले सुत्नुअघि टिभी, मोबाइल आदि प्रयोग गर्नुहुँदैन ।