काठमाडौं— पूर्वराजा ज्ञानेन्द्र शाह काठामाडौं फर्कनका लागि आइतबार अपराह्न पोखराको पुरानो विमानस्थल पुगेका छन्। उनी समिट एयरको चार्टर्ड विमानमार्फत् काठमाडौं उड्ने छन्। उनको विदाइका लागि समर्थकहरु भेला भएका छन्।
नागरिक स्वागत मूल समारोह समिति पश्चिमान्चल पोखराले पूर्वराजालाई पोखरामा ल्याएको हो। उनी लामो समय पोखरा बसेर विभिन्न स्थानमा पुगे।
माघ २७ गते उनी परिवारका सदस्यसहित पोखरा आएका थिए। उनलाई पोखरेलीले भव्य स्वागत गरेका थिए।
पोखरामा रहँदा उनले राजा वीरेन्द्रको शालिक अनावरण गरे। स्याङ्जामा रहेको आलमदेवी मन्दिर दर्शन गर्न पुगे। जुन शाहवंशीय कल मन्दिरको रुपमा परिचित छ।
त्यस्तै, पोखराको विन्ध्यावासिनी मन्दिर, केदारेश्वर महादेव मन्दिर पुगे। बागलुङ कालिका मन्दिर बागलुङ पनि पुगे। उनी पोखरा रहँदा देशभर राजावादी गतिविधि निकै भएका छन्।






































