मोरङ  ।  सार्वजनिक लेखा समितिकी सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालालाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

बुधबार मोरङको धनपालथानस्थित उमागौरी सहकारी संस्थाको ठगी प्रकरणमा मुछिएकी कोइरालालाई १० लाख धरौटीमा छाड्न जिल्ला अदालत मोरङले आदेश  दिएको हो।

OM Sai Pathibhara Hospital

जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासमा बयानपछि थुनछेक बहस भएको थियो । अदालतको आदेशपछि कोइरालाले नगदै १० लाख रुपैयाँ बुझाएर थुनामुक्त भएकी छन् ।

गत मंसिर २७ गते सहकारीको २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ हिनामिना प्रकरणमा दोषी करार गर्दै जिल्ला सरकारी वकिलको कार्यालय मोरङले मुद्दा दायर गरेपछि फरार रहेकी अञ्जला बुधबार अदालतमा उपस्थित भएकी थिइन् ।

सो प्रकरणमा सहकारी सञ्चालक रोशन राजवंशीले मात्र अनुसन्धानमा सघाउँदै आफैं प्रहरी कार्यालय पुगेका थिए।उनी धनपालथान–४ का पूर्व वडाध्यक्ष हुन उनलाइ अदालतले पुर्पक्षका लागि जेल चलान गरेको थियो भने रंगेली नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष सन्तलाल खवास मुद्दालाई ५ लाख रुपैयाँ धरौटीमा छाडेको थियो ।

अनुसन्धानमा असहयोग गरी फरार रहेका कोइराला र पूर्ववडाध्यक्ष सन्तलाल खवास  पछि अदालतमा उपस्थित भएकोमा उनीहरु भने धरौटीमा छुटेका छन् । खवाससँग अदालतले पाँच लाख रुपैयाँ धरौटी मागेको थियो । 

उक्त मुद्दामा अझै २३ जना फरार छन्। सहकारीका अध्यक्ष शम्भु रौनियारलाई पक्राउ गर्न प्रहरीले चासो दिएको छैन। रौनियार लेखा समिति सभापति पोखरेलका निकटस्थ हुन्। सोही आधारमा उनले श्रीमतीलाई पनि सहकारीको सञ्चालक बनाएका थिए। सो सहकारीले ऋणीहरुलाई झुक्याएर उनीहरुको धितो बैंक तथा लघुवित्तमा राखेर संगठित रुपमा ठगी गरेको थियो।