काठमाडौं / ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८४१ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

सोमबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ५६, सिसिटिभिमार्फत ८०, रातोबत्तीमा २९ जना चालकलाई कारबाही गरिएको छ । 

यसैगरी, तीव्रगतिमा ५४, हर्न निषेधमा २३, लेन क्रसमा २०, अवस्था ठिक नभएको २३, एकतर्फीमा २२ र अन्यमा ५३४ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।