सिन्धुपाल्चोक :मेलम्ची नगरपालिका–९ स्थित प्रख्यात पर्यटकीय स्थल गुफाडाँडामा पर्यटकीय प्रवर्द्धन र जलवायु अनुकूलताका लागि पुस १७ गते(१जनबरी )आयोजना हुन  पाँचौँ जलवायु दिवसको तयारी पूरा भएको छ ।

मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङका अनुसार दिवस मनाउन सबै तयारी पुरा भएकाले यसले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिएको बताए। 

OM Sai Pathibhara Hospital

समुद्री सतहभन्दा २ हजार दुई सय ५० मिटर उचाइमा अवस्थित गुफाडाँडामा जलवायु विज्ञबाट जलवायु अनुकूलता र प्रतिकूलताबारे प्रस्तुतीकरण हुने मेयर तामाङले जानकारी दिए । गुफा डाँडाबाट विश्व समुदायलाई जलवायु परिवर्तनले नेपाल र नेपालीलाई पुर्‍याएको असरबारे सचेत रहन र त्यसबाट बच्ने उपाय दिनका लागि दिवस मनाउन लागेकाे उनले बताउछन।

आयोजक मेलम्ची नगरपालिकाले गुफाडाँडामा ७७ वटै जिल्लाको नाममा राष्ट्रिय झन्डा फहराउने कार्य सम्पन्न भएको छ । कार्यक्रम स्थल, खानेपानी, शौचालय, फोहोर व्यवस्थापन लगायतका काम पूरा भएको छ । टेन्ट र पार्किङ व्यवस्थापनका काम व्यवस्थरेकी बनाइएको छ । 

 २०७५(२०१७) बाट जिल्ला समन्वय समितिले गुफाडाँडामा जलवायु सम्मेलन सुरु गरेको थियो। त्यस बेला राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु सम्मेलनको उद्घाटन गरेकी थिइन। सो समयमा ७७ जिल्लाका समन्वय प्रमुखहरू सहभागितामा जलवायु विज्ञहरूबाट प्रस्तुतीकरण भएको थियो । २०७९, (२०२२)बाट जि ल्ला समन्वय समितिले सो कार्यक्रमलाई निरन्तरता नदिएपछि मेलम्ची नगरपालिकाले जलवायु सम्मेलनलाई आयोजना गर्न थालेको छ ।