काठमाडौं–राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्राको अवसरमा हनुमानढोका दरबारमा आयोजित जात्रा अवलोकन गरेका छन् । उनले नयाँ सडकस्थित जुद्ध सालिकबाट गद्दी बैठकसम्म पैदल हिँडेर जाने परम्परा अनुसार अवलोकन गरेका हुन् । 

गद्दी बैठकमा पुगेपछि राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव, र श्रीकुमारीको रथमा दक्षिणा चढाएपछि रथयात्रा सुरु भएको थियो । 

OM Sai Pathibhara Hospital

यो अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, र अन्य महत्वपूर्ण व्यक्तिहरू सहभागी थिए । 

आजको मुख्य दिन तल्लोटोलमा रथयात्रा चलाइनेछ, र बुधबार माथिल्लो टोलमा रथयात्रा गरिनेछ । असोज ५ गते महिलाले रथ तान्ने नानीचा यात्रा गरिनेछ, र राष्ट्रपति पौडेलले कुमारीबाट टीका एवं प्रसाद ग्रहण गर्नेछन् । इन्द्रजात्रा राति १०:३१ बजे इन्द्रध्वजोपतनसँगै समापन हुनेछ । यो जात्रा प्रताप मल्लको शासनकालमा सुरु भएको मानिन्छ, र काठमाडौं उपत्यकामा मनाइने सबैभन्दा लामो जात्रा हो। 

वर्षा र सहकालका देवता इन्द्रको पूजार्चना सहित लाखे, दशावतार, महाकाली, रामचन्द्र, र पुलुकिसी नाचसहित सांस्कृतिक झाँकी पनि प्रस्तुत गरिएको छ ।