काठमाडौं– विर्तामोडस्थित कृषि थोक बजारमा इलामको दानाबारीबाट ल्याइएको काँचो केरामा विषादीको मात्रा उच्च पाइएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गत विर्तामोडमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइमा आज बिहान ७० घरी काँचो केराको तीन नमुना परीक्षण गरिएको थियो । ती नमुनामध्ये दुई नमुनामा कार्बामेट कीटनाशक विषादीको उच्च मात्रामा देखिएको छ । 

परीक्षणमा दुई नमुनामा कार्बामेट कीटनाशकको रोकावट प्रतिशत ५२.८५ र ५३.११ फेला परेको छ, जसले गर्दा यसलाई उपभोग अयोग्य ठहराइएको छ । अर्को नमुनामा ४४.७६ प्रतिशत कार्बामेट भेटिएकोप्रयोगशालाका प्रमुख अम्बिका बोहोराले जानकारी गराइन् । 

OM Sai Pathibhara Hospital

अर्गानो फस्फेट विषादीको मात्रा पनि उच्च रहेको छ । विर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र सङ्ग्रौलाले उपभोग अयोग्य केरालाई नष्ट गर्ने र पर्खेर हेर्नुपर्ने भएमा क्वारेन्टाइनमा राखेर पुनः परीक्षण गर्ने जानकारी दिनुभयो । केही दिनअघि ल्याइएको लट्टे सागमा पनि विषादीको अवशेष फेला परेको छ ।