काठमाडौं–आजकल स्मार्टफोन हाम्रो जीवनको अभिन्न अंग बनेको छ । तर, यही स्मार्टफोनले हाम्रा सम्बन्धहरूमा पनि असर गरिरहेको छ । धेरैले आफ्नो पार्टनरको फोन चेक गर्ने बानी बसालेका छन् । विज्ञका अनुसार यसले सम्बन्धमा अविश्वास र तनाव बढाउन सक्छ ।

पार्टनरको फोन चेक गर्नु भनेको उनीहरूको गोपनीयता हनन गर्नु हो । यसले सम्बन्धमा दरार ल्याउन सक्छ । यदि तपाईंलाई लाग्छ कि तपाईंको पार्टनरले तपाईंलाई धोका दिइरहेको छ भने, खुलेर कुरा गर्नुहोस् । फोन चेक गर्नु समाधान होइन ।

OM Sai Pathibhara Hospital

फोन चेक गर्दा तपाईंलाई शान्ति मिल्दैन । बरु, यसले तपाईंको मनमा अझ धेरै शङ्का र असुरक्षा बढाउन सक्छ । मानौँ तपाईंले केही शङ्कास्पद कुरा फेला पनि पार्नुभयो भने, त्यसले तपाईंलाई थप चिन्तामा पार्न सक्छ ।

हामी सबैलाई थाहा छ कि पार्टनरको फोन चेक गर्नु गलत हो । तर पनि, हामीलाई आफ्नो पार्टनरले धोका दिइरहेको छ भन्ने शङ्का लाग्दा यस्तो गर्छौ। फोनमा धेरै व्यक्तिगत कुराहरू हुन्छन्, त्यसैले हामीलाई लाग्न सक्छ कि फोन चेक गरेर हामीले केही थाहा पाउन सक्छौँ।

तर यो सोच गलत हो। यदि तपाईं आफ्नो पार्टनरलाई विश्वास गर्नुहुन्छ भने, तपाईंले फोन चेक गर्नुपर्दैन। कुनै पनि सम्बन्धलाई बलियो बनाउन विश्वास र खुलापन आवश्यक हुन्छ। एजेन्सीको सहयोगमा