काठमाडौँ–सर्वोच्च अदालतमा भारतसँगको विद्युत व्यापार सम्झौताविरुद्ध दायर भएको रिटमा आज सुनुवाइ हुँदैछ ।
सर्वोच्च अदालतका न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल र महेश शर्मा पौडेलको पूर्ण इजलासले सुनुवाइ गर्न लागेको हो ।
पूर्वसचिव सूर्यनाथ उपाध्यायले भारत र नेपालबीचको दीर्घकालीन विद्युत व्यापार सम्झौता संविधानको प्रतिकूल र देशको हितविपरीत रहेको दाबीसहित रिट दायर गरेका छन् ।
सन्धि ऐन, २०४७ को दफा ३ अन्तर्गत पूर्णाधिकार प्राप्त नगरी सम्पन्न गरिएको सन्धिलाई बदर गर्न माग गरिएको छ ।






































