काठमाडौं–गत जेठ २८ गतेदेखि लगातारको वर्षाले देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी बुधबार दिउँसोसम्म १६७ जनाको मृत्यु भएको छ। बाढी र पहिरोले काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा ३० जना, गण्डकी प्रदेशमा ५२ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा ८ जना, र सुदूरपश्चिम प्रदेशमा १० जनाको ज्यान गएको छ।

यस विपद्‍मा परी १९९ जना घाइते भएका छन्। काठमाडौं उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३७ जना, मधेश प्रदेशमा १० जना, बागमती प्रदेशमा १९ जना, गण्डकी प्रदेशमा ४४ जना, लुम्बिनी प्रदेशमा १३ जना, कर्णाली प्रदेशमा ५१ जना, र सुदूरपश्चिम प्रदेशमा १४ जना घाइते भएका छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

OM Sai Pathibhara Hospital

यसैगरी, विभिन्न स्थानबाट ११० जनाको उद्धार गरिएको छ। काठमाडौं उपत्यकामा २८ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, कर्णाली प्रदेशमा २ जना, र सुदूरपश्चिम प्रदेशमा ५ जनाको उद्धार भएको छ। बाढी पहिरोमा परी ५० जना बेपत्ता भएका छन्, जसमा कोशी प्रदेशमा २ जना, बागमती प्रदेशमा ४२ जना, गण्डकी प्रदेशमा ४ जना, कर्णाली प्रदेशमा १ जना, र सुदूरपश्चिम प्रदेशमा १ जना रहेका छन्। बेपत्ताहरूको खोजी कार्य जारी छ।