काठमाडौं–आज तरकारीको मूल्यमा गिरावट देखिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य विवरण सार्वजनिक गरेको हो । जसअनुसार ठूलो नेपाली गोलभेडाको मूल्य प्रति किलोग्राम ६० रुपैयाँदेखि ७० रुपैयाँसम्म रहेको छ भने यसको औसत मूल्य ६६.६७ रुपैयाँ छ ।

रातो आलुको मूल्य प्रति किलोग्राम ६५ रुपैयाँदेखि ७५ रुपैयाँसम्म रहेको छ, औसत मूल्य ६९ रुपैयाँ तोकिएको छ । भारतीय आलु रातोको मूल्य ५६ रुपैयाँदेखि ५८  रुपैयाँसम्म छ, र औसत मूल्य ५७ रुपैयाँ छ । मुडे आलुको मूल्य प्रति किलोग्राम ५२ रुपैयाँदेखि ५५ रुपैयाँसम्म रहेको छ, औसत मूल्य ५४ रुपैयाँ छ ।

OM Sai Pathibhara Hospital

सेतो आलुको मूल्य ५० रुपैयाँदेखि ५२ रुपैयाँसम्म छ, औसत मूल्य ५१ रुपैयाँ छ । सुकेको भारतीय प्याजको मूल्य प्रति किलोग्राम ९५ रुपैयाँदेखि १०० रुपैयाँसम्म रहेको छ, र औसत मूल्य ९८ रुपैयाँ छ । लोकल गाजरको मूल्य प्रति किलोग्राम ११० रुपैयाँदेखि १२० रुपैयाँसम्म रहेको छ, औसत मूल्य ११६ रुपैयाँ छ । तराईको गाजरको मूल्य ९० रुपैयाँदेखि १०० रुपैयाँसम्म रहेको छ, औसत मूल्य ९५ रुपैयाँ छ । थप हेर्न यहाँ क्लिक गर्नुहोस्


5th aug tarkari