सामान्य अवस्थामा प्रतिमिनेट झन्डै १२ देखि २० पटकसम्म आँखा झिम्किरहेको हुन्छ। तर, हामीले टिभी वा ग्याजेटअगाडि बस्दा लामो समयसम्म आँखा झिम्किरहेको हुँदैन। मिनेटमा एक वा दुईपटक मात्रै झिम्कन्छ। जो आँखाको स्वास्थ्यका लागि हानिकारक छ।
यसले आँखालाई सुक्खा बनाउँछ। त्यसैले, घण्टौँसम्म टिभी वा ग्याजेटअगाडि बस्नुहुन्छ वा कार्यालयको काम गर्नुहुन्छ भने तपाईंले आँखाको सुरक्षाका लागि ‘२०–२० नियम’ फलो गर्न सक्नुहुन्छ। यस नियमले २० मिनेट कम्प्युटरमा बसेपछि तपाईंले २० सेकेन्ड आँखा चिम्लनु वा कम्तीमा २० फिट टाढा हेर्नु भन्छ। 
आँखा सुक्खा हुने, आँखाको आयल क्याप वा ग्रन्थि ब्लक हुने समस्या कम गर्न तपाईंले आई मसाज पनि गर्न सक्नुहुन्छ। त्यस्तै, चिकित्सकको सल्लाह लिएर मलम लगाउने, आईड्रप प्रयोग गर्ने तातो पानीले सेक्ने पनि गर्न सक्नुहुन्छ। 
मोबाइलको असरलाई कम गर्न ब्लु कट लेन्स पनि युज गर्न सकिन्छ। मोबाइलबाट आउने ग्रिन रेहरूलाई यसले कम गर्छ। शतप्रतिशत ब्लक नगरे पनि ९० प्रतिशतभन्दा धेरै ब्लक गर्छ। 
एसी वा फ्यान पनि सिधै आँखाकै अगाडि प्रयोग गर्नुहुँदैन। यसले पनि आँखा सुक्खा गराउँछ। भिटामिनयुक्त खाना जस्तै– हरियो सागसब्जी, गाँजर खाने गर्नुपर्छ। यसको कमीले पनि आँखा कमजोर हुन्छ। झोलिलो खानेकुरा धेरै खानुपर्छ। यसले आँखालाई हाइड्रेट गर्ने तथा आँखाका माध्यमबाट शरीरभित्र छिरेका टक्सिन पार्टिकललाई बाहिर निकाल्ने काम गर्छ। 
                    
                                        
                                                                                                
        








        




























