मोरङ— अस्तालमा उपचार गराएर नसामुक्त्त भै  पुनर्जीवन पाउन सकिन्छ भन्ने धेरै लागु औषधको कुलतमा परेर सिकिस्त भएका बिरामीहरुले अझै छैन । यसैले अझै धेरै कुलतका बिरामी उपचार अभावमा  शारीरिक र मानसिक रोगी बनिरहेका छन ।

अस्पतालको उपचार अभावले अझै धेरै बिरामीहरु नसा मुक्त्त हुनसुधार केन्द्रको भरपर्न बाध्य छन् । तर  आजकल लामो समय लागु पर्दाथहरु रक्सी, गाँजा, ब्राउनसुगर र मेडिकल ड्रग्स (ब्याब्लेट र सुई , सिरप) प्रयोग गरेर शारीरिक र मानसिक रुपमा असक्त्त भएका बिरामीहरुलाई विशेषज्ञ चिकित्सकले अस्पतालमा भर्ना गरेर प्रत्यक्ष निगरामा  सफल उपचार गर्न थालेका छन ।

OM Sai Pathibhara Hospital

सुधार केन्द्रका बिरामी अस्पतालमा

आजकल सुविधा सम्पन्न अस्पतालहरुमा दक्ष मनोचिकित्सबाट नसा मुक्त्त बनाउने सफल उपचार हुन थालेपछि लागु औषध सेवन गरेर शरीरिक र मानसिक रुपमा असक्त्त भएका बिरामी सुधारकेन्द्र जान छाडेर अस्पताल आउनेक्रम बढन थालेको छ ।

चिकित्सकहरुका अनुसार पहिले अस्पतालहरुमा नसा मुक्त्तहुने उपचार गराउन लागु औषधका बिरामीहरु एक दुई जनामात्र आउने गर्दथे । तर ठूला अस्पतालहरुले मानसिक विभाग स्थापना गरेर दक्ष मनोचिकित्सकबाट स्वदेशमै भरपर्दो उपचार गराउन थालेपछि नसामुक्त्त हुन अस्पतालमा आउने बिरामी आर्कषित हुन थालेको चिकित्सकको भनाइ छ  । 

अहिले मोरङको बुढीगंगा २ को विराट शिक्षण अस्पतालमा मात्र  मानसिक विभागमा दैनिक २० जनाभन्दा बढी लागु पर्दाथ सेवन गर्ने सिकिस्त बिरामीहरुको उपचारका लागि भर्ना हुन थालेका छन ।

birat medical

यसरी हुन्छ उपचार

अस्पतालमा शारीरिक मानसिक रुपमा सिकिस्त भएर आएका लागु औषधका बिरामीहरुलाई विशेषज्ञ मनोचिकित्सकहरुले मानसिक विभागमा  विज्ञहरुको  टिम नै परिचालन गरेर उपचार गर्ने गर्दछन ।

अस्पतालमा आएका बिरामीको चिकित्सहरुले पहिले  बिमारको अवस्था बुझेर ‘बेसिक लाईन चेक’ अन्तर्गत पहिले बिरामीको सुगर, प्रेसर, मृगौला, कलेजो, पिसाब, मुटु र रगतआदि चेकजाँच गर्ने गराउने गर्दछन ।

त्यसपछि जाँचको रिर्पोटका आधारमा बिरामीलाई मानसिक विभाग अन्गर्तत कसैलाई सघन त कसैलाई समान्य कक्षमा राखेर चिकित्सहरुले प्रत्यक्ष निगरानीमा २४ सै घण्टा उपचार गर्दछन। 

उपचारका क्रममा कुलतका बिरामीको शारीरिक मानसिक अवस्था अनुसार क्रमशः फिजिकलसँगै कुलतमुक्त्त गराउने औषधी सेवन गराउने गर्दछन । यसरी अस्पतालमा १० देखि एक महिनासम्म भर्ना भएर विज्ञ चिकित्सकहरुको निगरानीमा प्रत्यक्ष उपचार गरेका बिरामीहरु ६ महिनादेखि एक वर्षसम्म नियमित औषधी सेवन गरेर नसामुक्त्त हुने गरेका छन ।

कुलतमा फसेकालाई बचाऔँ

koirala nabrajविराट शिक्षण अस्पतालका मानसिक विभाग प्रमुख मनोचिकित्सक प्रा.डा. नवराज कोइरालाका अनुसार अझै दक्ष चिकित्सकबाट सुविधासम्पन्न अस्पतालमा सस्तो खर्चमा भरपर्दो तरिकाले नसामुक्त्त गराउने उपचार हुन्छ भन्ने धेरै बिरामी र आफन्तलाई जानकारी छैन । 

अस्पतालमा गएर कुलत मुक्त्त भएर पुनजीवन पाउन सकिन्छ भन्ने  सबैले जानकारी पाएमा अस्पतालमा उपचार गराएर कुलत मुक्त्त हुनआउने बिरामीको संख्या बढ्ने डा कोइरालाको विश्वास छ ।

डा कोइराला भन्छन, ‘कुलतमा परेर शारीरिक र मानसिक बिरामी भएकाको अस्पतालमा भरपर्दो र सस्तो उपचार हुन्छ भन्ने अझै प्रचार प्रसार हुन सकेको छैन । यसैले अझै धेरै बिरामीहरुको पहुँच अस्पतालसम्म पुग्न सकेको छैन । तर उचित प्रचारप्रसार भएमा धेरै बिरामी अस्पतालमा आएर उपचार गराएर नसा मुक्त्तभएर पुनर्जीवन पाउने हरुको सख्या उल्लेख्य बढने छ ।’