काठमाडौं । बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडिओ व्यापारिक प्रयोजनका लागि खिच्न निषेध गरिएको छ।

पशुपति क्षेत्र विकास कोष र बुढासुब्बा डिजिटल प्रालिले मन्दिर परिसरमा सूचना राख्दै व्यापारिक प्रयोजनका लागि भिडिओ खिच्न निषेध गरेका हुन्।Screenshot_2024_0105_062413

OM Sai Pathibhara Hospital

‘पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडिओ खिच्न सख्त मनाही छ,’ सूचनामा भनिएको छ, ‘यहाँ खिचिएका भिडिओ सामग्री फेसबुक, इन्स्टाग्राम, टिकटक तथा युट्युबमा व्यावसायिक प्रयोजनका लागि राखिएको थाहा भएमा डिजिटल कपिराइट ऐन अन्तर्गत कारबाही हुने जानकारी गराउँदछौं ।’Screenshot_2024_0105_062433

हिन्दुहरूको पवित्र धार्मिकस्थल पशुपतिनाथ क्षेत्रमा हरेक साँझ आरती हुने गर्छ । आरती हेर्न ठूलो संख्यामा मानिसहरूको उपस्थिति हुन्छ । आरती र दीप प्रज्वलनको भिडियो खिच्न रोक लगाइएको सूचनापछि सर्वसाधारणले आलोचना गरेका छन् ।