वीरगंज । पुष १६ गते पर्सा जिल्लाको विभिन्न ठाउँबाट करिब २४ लाख बराबरको सामान नियन्त्रणमा लिइएको छ। वीरगंज महानगरपालिका १ र २ स्थित भगुवा र छटघाटबाट ६ लाख १ हजार ६ सय रुपैयाँ बराबरको लत्ताकपडा बरामद भएको  छ ।

भारतबाट अबैध रुपमा भन्सार छलि नेपालतर्फ ल्याउदै गरेको लत्ताकपडा सशस्त्र प्रहरीकाे नं. १३ गण पर्साले बरामद गरेको हो । त्यस्तै सोही महागनरपालिका १९ स्थित बार्वाबाट १६ लाख ९८ हजार रुपैयाँ बराबरको प्याज र पिकअप गाडी नियन्त्रणमा लिएको छ । प्रदेश २–०३–००१ च ५४८९ नम्बरको गाडीमा राखेर भारतबाट अबैध रुपमा भन्सार छलि नेपालतर्फ ल्याउदै गरेको ३ हजार ३ सय केजी प्याजसहितको गाडी समेत नियन्त्रणमा लिइएको हो ।

OM Sai Pathibhara Hospital


यसैगरी सोही जिल्लाको बिन्दवासिनी गाउँपालिका ३ स्थित सीमा इलाकाबाट ६१ हजार ९ सय बराबरको काँस जस्तो देखिने धातु बरामद गरेको हो ।  ४ वटा साइकलमा राखेर ल्याउदै गरेको उल्लेखित मुल्य बराबरको ४ सय ५० केजी काँस जस्तो देखिने धातु बरामद भएको हो ।


बरामद लत्ताकपडा तथा सामान, साइकल र गाडीसहित आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको सशस्त्र प्रहरीले जानकारी दिएकाे छ ।