एजेन्सी । भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रको छत्रपति सम्भाजीनगर जिल्लामा रहेको ह्यान्ड ग्लोब्स उत्पादन गर्ने उद्योगमा शनिबार मध्यरातमा आगलागी हुँदा कम्तीमा ६ जनाको मृत्यु हुनुका साथै अन्य ९ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।  

आगलागीको कारण खुल्न सकेको छैन ।  आगो नियन्त्रणमा आइसकेको छ, घटनास्थलमा ६ जनाको शव फेला परेको छ ।

OM Sai Pathibhara Hospital

घटनामा ६ जनाको मृत्यु भएको र ९ जना घाइते अवस्थामा स्थानीय अस्पतालमा भर्ना गरिएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकोले मृतक सङ्ख्या थप हुनसक्ने विभिन्न भारतिय सन्चार माध्यमले जनाएका छन ।