काठमाण्डौ । दाङमा वनभोजका लागि हिँडेको बस दुर्घटना भएको छ ।

बर्दियाबाट दाङको चखौरामा वनभोजका लागि आउँदै गरेको बस आज(आइतबार) बिहान ७ बजे बर्दियाबाट दंगीशरण – ३ स्थित थारु संग्रालय रहेको चखौरामा जाँदै गरेको बस भे १ ख २०४१ नम्बरको राप्ती राजमार्ग अन्तरगत अमेलिया –तुलसीपुर सडक खण्डको झञ्ज्याङ नजिकै  दुर्घटनामा परेको हो।बर्दियाको बढैयाताल गाउँपालिका-६ को पिपरहवा कृषि कृषक समूह वनभोजका लागि चखौरा जाँदै थियो ।

OM Sai Pathibhara Hospital

दुर्घटनामा २० जना घाइते भएको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले बताएका छन ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रशाद पोखरेलले घटनास्थलमा प्रहरी निरीक्षक नवचन्द्र मल्ल पुग्नै लागेको जानकारी दिए । तुलसीपुर बजारबाट एम्बुलेन्सहरु उद्धारका लागि  पठाइएको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार घाइतेहरू खतरामुक्त रहेको र उनीहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । 

बर्दियाको बढौयाताल गाउँपालिका–६ को कृषक समूहका सदस्य  दाङ भ्रमणमा  आउन थालेका थिए । बसमा ४०–४५ जना सवार रहेका थिए ।  केही घाइतेहरूलाई उपचारको लागि बाँके जिल्लामा लगिएको छ र तीमध्ये तीन जना गम्भीर भएका छन।

Screenshot_2023_1231_090701