काठमाडाैं । नेपाली सेनाका दुई जना सहायकरथी उपरथीमा बढुवा भएका छन्।बढुवा हुनेमा सहायकरथी चोकबहादुर ढकाल र पवन घिमिरे रहेका छन् ।

घिमिरे २७ बेसिकका र ढकाल २८ बेसिकका सैनिक अधिकारी हुन् । उपरथीमा बढुवा भएका ढकाल अहिले शान्ति स्थापनार्थ लेवनान मिसनमा डेपुटी फोर्स कमाण्डरका रुपमा कार्यरत छन् । शुक्रवार बसेको मन्त्रिपरिषदको बैठकले उनिहरुलाई उपरथीमा बढुवा गरेको हो ।

OM Sai Pathibhara Hospital

बढुवा भएका ढकाल र घिमिरेलाई सोमबार प्रधानसेनापति प्रभुराम शर्माले दर्ज्यानी चिन्ह लगाउने कार्यक्रम छ ।