काठमाडौँ । सरकारले शुक्रबार भएको बालकुमारी घटनामा सातदोबाटोका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) उमेश लम्साल र मन्त्री प्रकाश ज्वालाका पिएसओ प्रहरी नायब निरीक्षक (सई) बोधराज दनुवार निलम्बन गर्ने निर्णय गरेको छ।

जिल्ला प्रहरी कार्यालय ललितपुरका एसएसपी शिद्दिबिक्रम शाह प्रहरी प्रधान कार्यालय नक्साल तानिएका छन् । ललितपुरको बालकुमारी घटनाका कारण उनी प्रहरी प्रधान कार्यालय नक्साल तानिएका हुन् । 

OM Sai Pathibhara Hospital

शाहसँगै फिल्ड कमान्डर डीएसपी लम्साल र पीएसओ प्रहरी नायब निरीक्षक (सई)  दनुवार  निलम्बनमा परेका छन् ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठका अनुसार  ललितपुरका प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहलाई प्रहरी प्रधानकार्यालय र जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रजिअ रुद्रप्रसाद पण्डितलाई गृहमन्त्रालयमा तान्ने निर्णय भएको छ । त्यस्तै, प्रदर्शनमा खटिएका स्पट कमान्डर डीएसपी लम्साललाई पनि निलम्बन गर्ने बैठकले निर्णय गरेको  छ।बैठकले ईपीएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदीलाई पनि जिम्मेवारीबाट हटाउने निर्णय  गरेको छ।IMG_20231230_190606

शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित बसेको सुरक्षा अधिकारीहरूको बैठकमा उनीहरुलाई निलम्बन गर्ने निष्कर्षमा पुगेका हुन् ।

शुक्रबार भएको सो घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढ्ने ब २ झ ५८६१ नम्बरको गाडी ललितपुरको बालकुमारीमा आगजनीबाट ध्वस्त भएको थियो ।

कोरियन भाषा परीक्षाको विषयलाई लिएर आन्दोलित युवाहरुले मन्त्रीको गाडीमा आगजनी गरेपछि सो क्षेत्रमा तनाव भएको थियो । सो घटनामा दुई युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा २३ वर्षीय सुजन राउत र २१ वर्षीय वीरेन्द्र शाह रहेका छन् । प्रदर्शनका क्रममा घाइते भएका राउतको किष्ट अस्पतालमा र शाहको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । Screenshot_2023_1230_181925