काठमाडौँ । मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा २ बजे पछि बस्न लागेको हो । आजको बैठकमा बालकुमारी घटनाका सम्बन्धमा छलफल गर्न आकस्मिक बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। Screenshot_2023_1230_150535

शुक्रबार इपिएस भाषा परीक्षाको विषयलाई लिएर आन्दोलित भएकाहरूले बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री चढ्ने सरकारी गाडीमा आगजनी गरेका थिए।

त्यसपछि तनावग्रस्त बनेको ग्वार्को क्षेत्रमा प्रहरीले लाठी चार्ज, अश्रुग्याँस र गोलीसमेत चलाएको थियो। घटनामा २३ वर्षीय सुजन रावत र २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो।