काठमाण्डौ  ।  ललितपुरको बालकुमारी घटनाको विरोधमा शनिबार माइतीघर मण्डलामा प्रदर्शन भएको छ।Screenshot_2023_1230_132819

रोजगारीका लागि दक्षिण कोरिया जाने परीक्षाका लागि आवेदन दिन नपाएपछि प्रदर्शनमा उत्रिएका युवामाथि प्रहरीले बल प्रयोग गर्दा शुक्रबार दुईजनाको ज्यान गयो।Screenshot_2023_1230_132731

OM Sai Pathibhara Hospital

गृह प्रशासन र गृहमन्त्रीको विरोध गर्दै युवाहरुको समूहले शनिबार निषेधित क्षेत्र माइतीघर मण्डलामा नाराबाजीसहित प्रदर्शन गरेको हो।Screenshot_2023_1230_132758

प्रदर्शनमा उत्रिएका हेमराज ढकाललगायतका ७ जना अभियन्तालाई प्रहरीले पक्राउ गरेको हो ।

शनिबार बिहान नेविसंघले पनि गृहमन्त्रीको राजीनामा माग गर्दै मन्त्री क्वार्टर अगाडि प्रदर्शन गरेको थियो । शुक्रबारको घटनामा दुईजना युवाको मृत्युसमेत भएको थियो ।

स्थानीय प्रशासनले मंसिर ५ गते माइतीघरलाई एक महिनाका लागि निषेधित क्षेत्र तोकेको थियो। पुस ४ गते काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले थप दुई महिनाका लागि माइतीघरलाई निषेधित क्षेत्र तोकेका थिए।