काठमाण्डौ । भरतपुर महानगरपालिका-१२ मिलन चोकमा ईलेक्ट्रिक भ्यानको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

भरतपुरबाट टांडीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ज ४५८ नम्बरको ईलेक्ट्रिक भ्यानको ठक्करबाट पैदलयात्री कास्की पोखरा महानगपालिका–१ सिमपानी घर भई चितवन भरतपुर महानगरपालिका-११ घोल बजार बस्ने ६१ वर्षीय गणेश थापा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

OM Sai Pathibhara Hospital

प्रहरीका अनुसार ठक्करबाट गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको हो । हाल फरार भ्यान चालकको प्रहरीले खोजी गरिरहेको छ ।