गजल

*******************

OM Sai Pathibhara Hospital

बहुमूल्य छ मोती समुन्द्रको …..

यसलाई यसरी न लुटाउन परोस 


अश्रु आँखामा बेपर्वाह  आउन निषेध 

मोती समुन्द्रको   न लुटाउन परोस 


हिस्सा हो दर्द भरी यो दिलको पनि 

बिना कारण यसरी न बहकीन परोस 


भावना खिलौना हो मान्छेको लागि 

दिल निकलेर हत्केलामा  न देखाउन परोस 


कहिले मिलेर प्रेमिल गीत गाउला 

कसैको अंगालोमा   बाधिन परोस 


चोरेर मेरो दिल लैजाउ रोइ रहूला 

 प्रतीक्षामा काश  बाचीरहनु परोस 


सुंदर सपना सजाउनु  जहां म रहूला 

तिमी बादल  बन  म बर्षिन परोस 


ढुंगा पनि सुन बन्देउ  पारस हौ तिमी 

हर पल तिम्रो  यादमा  मुस्कुराउन परोस 


हारी दिन्छु  सारा भुलेर तिम्रै निम्ति 

आज  यसरी नै  समागम हुन परोस l

        - देवेन्द्र किशोर ढुङगाना

                भद्रपुर, झापा