काठमाण्डौ । मकवानपुर प्रहरीले कटुवा पेस्तोलसहित दुईजनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका-२ का २६ वर्षीय लाल कुमार तितुङ र १९ वर्षीय ज्ञानबहादुर स्याङतान रहेका छन्।

ईलाका प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हरियाली सामुदायिक वनमा खरङ्गाबाट राक्सिराङ आउँदै गरेको बा ४१ प २८१८ नंको मोटरसाइकल चेकजाँच गर्दा स्याङतानको साथबाट कटुवा पेस्तोल एक थान र बारुद भरिएका दुईवटा फलामका खोका बरामद गरेको हो।

OM Sai Pathibhara Hospital

दुवैजनालाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ।