काठमाण्डौ । प्रहरीले ठूलो परिणामा बन्यजन्तु सालकको खपटासहित दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भोटखोला गाउँपालिका– २ च्याम्ताङका ३५ वर्षीय छिरिङ भोटे र डेमा थिकेपा छन् ।

संखुवासभाको उत्तरी क्षेत्रबाट चीनतर्फ लैजादै गरेको अवस्थामा सात वटा बोरामा राखिएको २ सय आठ किलो ७६ ग्राम सालकको आखेटोपहार बरामद गरेको हो । तस्करको समूहले चीनतर्फ लैजादै गरेको अवस्थामा सालकको खपटा बरामद गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।बोरा बोकेर पैदल बाटो उकालोतर्फ जाँदै गरेको समूह प्रहरीलाई देखेपछि बोरा फालेर भागेको थियो ।

OM Sai Pathibhara Hospital

बोरा फालेर मान्छे भागेपछि चेक गर्दा प्रहरीले खपटा बरामद गरेको थियो ।त्यसपछि भाग्ने मानिसको खोजी गर्ने क्रममा बिहीबार बिहान छिरिङ भोटेलाई पक्राउ गरेको थियो ।