काठमाडौँ । वैदेशिक रोजगार विभागको महानिर्देशकमा सह–सचिव डण्डुराज घिमिरे नियुक्त भएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले घिमिरेलाई महानिर्देशकको रूपमा पठाएको हो । घिमिरे मन्त्रालयको प्रवक्ता समेत हुन् । यसअघिका महानिर्देशक मदन दाहालको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको सरुवा गरिएको थियो । उनको सरुवा गरेको तीन सातापछि मन्त्रालयले नयाँ महानिर्देशक पठाएको हो ।

OM Sai Pathibhara Hospital

सेवाग्राहीको निकै नै बढी चाप हुने कार्यालय मानिने विभाग तीन साता महानिर्देशकविहीन बनेको थियो ।