काठमाडौँ । ललितपुरको बालकुमारीमा आज भएको घटनामा प्रहरीले ७३ जनालाई पक्राउ गरेको छ । प्रदर्शनका क्रममा घाइते भएका दुई जनाको मृत्यु भएको छ । घटनामा सात जना घाइते भएका छन् । स्थानीय प्रशासनका अनुसार घाइतेमध्ये ४ जना सशस्त्र प्रहरी र बाँकी तीन जना प्रदर्शनकारी रहेका छन् ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले भन्नुभयो, “उक्त घटनामा अहिलेसम्म एक महिलासहित ७३ जनालाई पक्राउ गरिएको छ, प्रहरी सहित सात जना घाइते भएका छन्, घटनाको थप अनुसन्धान जारी छ ।” उनले मृत्यु भएका दुई मध्ये एक जनालाई गोली लागेको र अर्का एक जनाको छातीमा दाग देखिएकाले शव परीक्षणपछि मात्र मृत्युको वास्तविक कारण जानकारी हुने बताए । घटनामा डोटीका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको हो ।

OM Sai Pathibhara Hospital

कोरियामा रोजगारीका निम्ति रोजगारी अनुमति प्रणाली(इपिएस)को परीक्षामा सामेल हुन नपाएको भन्दै युवाहरुले आज प्रदर्शन गरेका थिए । त्यसक्रममा आन्दोलनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढेको गाडीमा आगजनी गरेका थिए । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गर्नाका साथै हवाइ फायर गरेको थियो।

दुई युवाको मृत्यु भएको विरोधमाअनेरास्ववियुको प्रदर्शन:-

रोजगारी अनुमति प्रणाली (इपीएस) परीक्षाको विषयमा भएको प्रदर्शनका क्रममा दुई युवाको मृत्यु भएको विरोधमा अनेरास्ववियुले प्रदर्शन गरेको छ ।

शुक्रबार साँझ प्रदर्शनी मार्गमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले प्रदर्शन गरेको हो । रोजगारीका लागि आवेदन माग गर्ने युवालाई सरकारले गोली हानेको भन्दै विद्यार्थी संगठन विरोधमा उत्रिएको हो ।

उनीहरूले ‘विद्यार्थीको ज्यान मार्न पाइँदैन’जस्ता नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।

उनीहरूले विद्यार्थीको ज्यान मार्न पाइँदैन जस्ता नारा लेखिएका प्ले कार्ड बोकेका थिए । अनेरास्ववियुका अध्यक्ष समिक बडालले युवाहरूमाथि बर्बर दमन भएको र दुई युवाले ज्यान गुमाउन पुगेको बताए । उनले युवाहरूको हत्याको भर्त्सना गर्दै दोषीलाई कारबाही गर्न माग गरे ।

काठमाडौँको बालकुमारीमा इपीएस परीक्षाका लागि आन्दोलन गर्ने क्रममा प्रहरीसँगको मुठभेडमा दुई विद्यार्थीको मृत्यु भएपछि सर्वत्र सरकारको विरोध भइरहेको छ ।