चपुर  । बारामा गिट्टीको अनलाइन बिल देखाएर १७ हजार ७३० किलो प्याज तस्करी हुने गरेको भेटिएको छ। बारा प्रहरीले भन्सार छली गरेर ल्याएको १७ हजार ७ सय ३० केजी प्याज बरामद गरेको छ।

आज(शुक्रबार) बिहान पथलैयाबाट खटिएको प्रहरी टोलीले बाराको जितपुर सिमरा उपमहानगरपालिका १ पथलैया चोकबाट साढे १७ हजारभन्दा बढी प्याज बरामद गरेको हो ।

OM Sai Pathibhara Hospital

गिट्टीको अनलाइन बिल भिटिएस देखाएर प्याज तस्करी गरेको प्रहरीले जनाएको छ। उक्त प्याजको बजार मूल्य हाल २७ लाख ३० हजार ८ सय २५ रहेको बारा प्रहरीले जनाएको छ ।भन्सार छली गरेर ल्याएको प्याज र ट्रक नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान थालेको छ ।