काठमाण्डौ । नौ किलो गाँजाहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको नमोबुद्ध नगरपालिका– ९ बस्ने विश्वास मोक्तानले गाँजा बोकेर हिँडिरहेको छ भन्ने विशेष सुराकीको आधारमा लागुऔषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी कार्यालय काभ्रेको संयुक्त टोलीले गाँजासहित ती युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।

OM Sai Pathibhara Hospital

जिल्ला प्रहरी कार्यालय काभ्रेले दिएको अनुसार धुलिखेल नगरपालिका वडा नम्बर– ७ बाट ती युवकलाई गाँजासहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याएर थप अनुसन्धन भइरहेको बताइएको छ ।