काठमाडौं । बालकुमारीमा युवाले गरेको प्रदर्शनका क्रममा भएको झडपमा अर्का युवकको पनि मृत्यु भएको छ ।FB_IMG_1703853122987

झडपका क्रममा घाइते भएका युवकको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु गएको हो। मृत्यु हुनेमा डोटीका २२ वर्षीय वीरेन्द्र शाह रहेका छन् ।FB_IMG_1703853119596

OM Sai Pathibhara Hospital

यसअघि किस्ट अस्पतालमा उपचाररत २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो । चिकित्सकहरूले उनलाई गोली नलागेको बताए। उनको छातीमा रातो डाम देखिएको छ भने शरीरका अन्य भागमा पनि चोट पाइएको थियो।Screenshot_2023_1229_130638

कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि शुक्रबार केही युवाहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा२ झ ५८६१ नम्बरको गाडी जलाएका थिए । प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले गाेली चलाएकाे थियाे । झडपमा दर्जन आन्दोलनकारी घाइते समेत भएको बताइएको छ ।FB_IMG_1703898101820FB_IMG_1703850579722

Screenshot_2023_1229_173504