काठमाडौं । ललितपुरको बालकुमारी घटनामा एक प्रदर्शनकारीको मृत्यु भएको छ।
प्रहरीको गोली लागेर घाइते भएका एक युवकको ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा मृत्यु भएको प्रहरी स्रोतले बताएको छ ।
मृतकको सनाखत भएको छैन् । प्रहरीको गोली लागेर अर्का एक जना प्रदर्शनकारी घाइते छन् । उनको उपचार icu मा राखेर भइरहेको छ घाइतेको अबस्था चिन्ताजनक भन्ने बुझीएको छ ।
रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया काम गर्न जान खोज्नेले ललितपुरको बालकुमारीमा गरेको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरिले हवाई फायर गरिएको छ ।
सोही क्रममा २ जना प्रदर्शनकारीमाथि गोली लागेको हो । प्रहरीले चलाएको गोली लागेर घाइते भएका २ युवकलाई उपचारका लागि किष्ट अस्पताल पुर्याइएको थियो । उपचारको क्रममा एक जनाको मृत्यु भएको छ । प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास पनि प्रहार गरेको थियो ।
यसअघि प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा २ झ ५८६१ नम्बरको गाडी जलाएका थिए । आगजनीमा संलग्न १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।