काठमाडौँ ।  हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक देखि मौसम सामान्यतया सफा रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा तथा देशका बाँकी तराई भूभागका एक–दुई स्थानमा हल्का देखि मध्यम हुस्स लागेको छ ।

आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ।

OM Sai Pathibhara Hospital

राति भने सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली  रहनेछ। देशभर तापक्रम घट्दो दरमा  रहेकोले चिसोबाट बच्न आवश्यक उपायहरू अपनाउन महाशाखाले  अनुरोध गरेको छ।