काठमाण्डौ । गाईको मासुसहित काभ्रे पलाञ्चोकको पाँचखाल नगरपालिका–१ बाट तीन जना पक्राउ परेका छन् ।
पाँचखाल नगरपालिका–१, घुमाउने चौरमा गाई काटिरहेको सूचनाको आधारमा प्रहरी चौकी पाँचखालबाट खटिएको प्रहरी टोलीले गाईको मासुसहित सोमबार तीन जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा पाँचखाल नगरपालिका–१ का ३४ वर्षीय मीनबहादुर तामाङ, सोही स्थानका ३० वर्षीय सन्तबहादुर तामाङ र सिन्धुली घ्याङ्लेक गाउँपालिका–२ का २७ वर्षीय अर्जुन लामा थिङ रहे का छन् । पक्राउ परेका व्यक्तिबाट अन्दाजी ८५ किलो ग्राम गाईको मासु बरामद गरेको प्रहरीले बताएको छ ।