एजेन्शी  ।  गाजापट्टीको अल–मगाजी शरणार्थी शिविरमा आइतबार भएको इजरायली हवाई आक्रमणमा कम्तीमा ७० प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी सरकारी टेलिभिजनले जनाएको छ।

गाजास्थित स्वास्थ्य मन्त्रालयका प्रवक्ता असरफ अल–केद्राले एक विज्ञप्तिमार्फत भिडभाड भएको आवासीय क्षेत्रमा हवाई आक्रमण भएकाले ७० जनाको मृत्यु भएको र यो संख्या थप बढ्न सक्ने बताए।

OM Sai Pathibhara Hospital

इजरायली सेनाले क्याम्पको मध्यक्षेत्रका मुख्य सडकहरूमा बमबारी गरिरहेको छ। जसले एम्बुलेन्स र नागरिक सवारीहरूलाई लक्षित स्थानहरूमा पुग्न बाधा पुगेको छ।

मृत्यु हुनेमध्ये अधिकांश महिला तथा बालबालिका रहेका तथा स्थानीय अस्पतालहरूमा थप घाइतेलाई भर्ना गर्न गाह्रो  भएको स्थानीय अधिकारीले बताएका छन्।

स्रोतका अनुसार अल–मगाजी शरणार्थी शिविरबाहेक, इजरायली सेनाले मध्यगाजाको अल–बुरेज शरणार्थी शिविर र दक्षिणी सहर खान युनिसमा पनि आक्रमण गरेको छ।