बर्दिबास  ।  सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ।

आज(सोमबार) बिहान सिन्धुलीको सुनकोशी गाउँपालिका-३ बोहरेटारमा मन्थलीबाट काठमाडौं जादै गरेको बागमती प्रदेश-०१-००६ ख ४५९३ नम्बरको बसले बा ५० प ३५४५ नम्बरको मोटरसाइलकललाई ठक्कर दिएको थियो।ठक्करबाट मोटरसाइकलको पछाडि सवार एक जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ।

OM Sai Pathibhara Hospital

मोटरसाइकल चालक गम्भीर घाइते भएको र उनलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ।दुर्घटना केहीबेरअघि मात्रै भएकाले थप मृतक र घाइतेको परिचयसहित थप विवरण आउन बाँकी नै रहेको प्रहरीले जनाएको छ।FB_IMG_1703485153003

बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका -३ मा मोटरसाइकल र यात्रुबाहक बस एक-आपसमा ठोक्किदा केहीबेर अघि मात्र एकजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको थियो ।  उक्त स्थानमा आक्रोसित भीडले बसमा आगजनी गरेका छन् ।  थप बिबरण आउन बाँकी......FB_IMG_1703485160029

Screenshot_2023_1225_121439