काठमाण्डौ  ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सशस्त्र प्रहरीले चोरीपैठारीको आशंकामा २१९ थान तयारी कपडा बरामद गरेको छ।

आइतबार भद्रपुर विमानस्थलबाट १२ः३० बजे यति एयरलाइन्सको उडानबाट कार्गोमार्फत पठाइएको ७ पोकामा रहेको तयारी कपडा सशस्त्र प्रहरी बल नेपालको राजस्व अनुसन्धान विभाग हरिहर भवनमा तैनाथ राजस्व प्रहरीले नियन्त्रणमा लिएको हो।Screenshot_2023_1225_090816

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएको सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा सो कपडा बरामद भएको हो।

हाल तस्करले सुरक्षित सग तस्करिको सामान गन्तब्यसम्म पुर्याउनको लागि बिमानस्थल र ट्रान्सपोटलाइ प्रयोग गर्दै आएका छन। विशेष गरि कोशी प्रदेस र मधेस प्रदेसबाट तस्करी भै भारतबाट आएको सामान काठमाण्डौसम्म पुर्याउने गरेका छन।