काठमाण्डौ । नवलपुरको विनयीत्रिवेणी गाउपालिकमा वडा नं. १ को खहरे जंगलमा घाँसकाट्न गएका एकै घरका २८ बर्षीया विष्णु पौडेल र उनकी सासू ६० बर्षीया मनादेवी पौडेलको बाघको आक्रमणबाट मृत्यु भएको छ ।
आइतबार दिउसो घाँसकाट्न गएका सासू बुहारी साँझसम्म घर नआएपछि आफन्त, स्थानीय र प्रहरीको टोलीले खोजी गर्ने क्रममा आइतबार राति करिव १० वजे विनयी सामुदायिक वनमा मृत अवस्थामा शव फेला परेका हुन् ।