काठमाडौँ । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। आज कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। 

दिउसो देशका पूर्वी तराई  र पश्चिम तराईका एक-दुई स्थानमा लागेको  हुस्सु मध्यान्न सम्ममा क्रमिक रूपमा सुधार हुँदै जाने सम्भावना रहेको र सोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत आंशिक प्रभाव पर्न सक्ने सम्भावना रहेको छ । 

OM Sai Pathibhara Hospital

राति कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने बताइएको छ।